प्रोग्रेस कल्चरल फेस्ट–२०८१ भव्य रूपमा सम्पन्न

साझेदारी दैनिक
347 पाठक संख्या

डुमरवाना : बाराको जीतपुरसिमरा–१५ डुमरवानामा रहेको प्रोग्रेस एजुकेशन एकेडेमीले “दोस्रो प्रोग्रेस कल्चरल फेस्ट–२०८१“ भव्य रूपमा सम्पन्न गरेको छ ।

कल्चरल फेस्ट विशेषगरी विद्यार्थीमुखी कार्यक्रम थियो । जसमा विद्यार्थीहरूले विभिन्न संस्कृतिहरू झल्किने परम्परागत भेषभूषामा सजिएर प्रस्तुतिहरू दिएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विज्ञान प्रदर्शनीहरू प्रदर्शन गरेका थिए । जसले विज्ञानप्रति उनीहरूको रुचि र सिर्जनात्मकता झल्काउँने बिद्यालयका सञ्चालक रञ्जित सापकोटाले जानकारी दिएका छन ।

कार्यक्रममा विद्यालयको वार्षिक खेलकुद प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । “प्रोग्रेस कल्चरल फेस्ट–२०८१“ विद्यालयका विद्यार्थी,शिक्षक,अभिभावक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल शान्ताराम खनालको सभाअध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि रूपमा एक जना विशिष्ट अभिभावक रहनुभएको थियो।

कार्यक्रममा अभिभावक,विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चालक सापकोटाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds