करण कुमार मिश्र/
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर,साविक गा.वि.स–८ मा विहीवार भीषण आगलागी भएको छ ।
आगलागीबाट ५ घर जलेर नष्ट हुदा ७ लाख भन्दा बढीको क्षती भएको छ। बिहीबार दिउँसो साढे १ बजे स्थानीय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया,शिवजी बिन,राज नारायण मुखिया र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।
आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना,नगद सहित ७ लाख ५० हजार पाँच सय रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
घटना लगतै सुरक्षा वेश भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना,प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना,गौर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा साढे दुई बजेको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

