असार महिनाको बाराका उत्कृष्ट प्रहरी भए प्रहरी निरीक्षक श्रेष्ठ

संदिप प्रसाद यादव
153 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी निरीक्षक बलराम श्रेष्ठलाई घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा मानवश्रोत व्यवस्थापन शाखा दरबन्दी भई श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत रही अलपत्र अवस्थामा रहेका ८ जना बालबालिकाहरुलाई उद्धार गरी १ जनालाई बालहेल्पलाईनमा श्रेष्ठले पठाएको कार्य विवरणमा उल्लेख छ।

श्रेष्ठले ३ जनालाई सेफ हाउस र ४ जनालाई अभिभावकहरुको जिम्मा लगाई पठाउन अहमभुमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा परेको घरेलु, समाजिक हिंसा जेष्ठ नागरिक हराएको बालबालिका सम्बन्धि धेरै भन्दा धेरै फछर्छौट गराएको भन्दै उनलाई श्रेय दिइएको छ।

घरेलु हिंसा बाल बिवाह बहु बिवाह र लागु औषध सम्बन्धि बिभिन्न बिद्यालयहरुमा गई जनचेतना मुलक कार्यक्रम गरेको सेवाग्राहीहरुको छिटो छरितो गुनासोहरु व्यवस्थापन गरेको समेत जनाइएको छ। शाखाबाट सम्पादन हुने दैनिक काम कारवाही तथा शाखाको अभिलेख व्यवस्थापनमा अहम भूमिका निर्वाह गर्नुको साथै आफ्नो पदिय जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरेको जनाइएको छ।

निति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पादन गरी उत्कृष्ट कार्य गरेकोले निजले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरिएको जनाइएको छ। यसले गर्दा अन्य प्रहरी कर्मचारीहरूमा समेतमा सकारात्मक प्रभाव परी कार्यदक्षतामा अझ बढी प्रभावकारीता आउने भएकोले निज प्रहरी निरीक्षक बलराम श्रेष्ठलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले उत्कृष्ट प्रहरी घोषित गर्दै श्रेष्ठलाई सम्मानित समेत गरेका हुन्।

Leave a review

This will close in 0 seconds