बाम लोकतान्त्रिक गठबन्धनकाद्धारा बारा ३ को जीतपुरसिमरा १७ मा चुनावी अभियान

साझेदारी दैनिक
776 पाठक संख्या

कलैया, २१ कार्तिक
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो तथा चुनावी सभालाई तीब्र बनाएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार लोसपाका लालबावु सिंह, प्रदेशसभा ३ (क) का उम्मेदवार माओवादीका मुकेश साहले चुनावी सभा, घरदैलो तथा मतदाता भेटघाटलाई तीब्र बनाएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को रघुनाथपुर,रामनगर र जैतापुरमा सोमवार चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेका छन ।
चुनावी सभालाई बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंह र प्रदेशसभा (क) का उम्मेदवार साहले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै दुवै उम्मेदवारले लोकतन्त्र, संविधान रक्षा गर्न एवम् विकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति मनोज भट्ट, काँग्रेस नेता रामानन्द प्रसाद यादव, लोसपाकी नेतृ एवम् प्रदेश सभाकी समानुपातिक उम्मेदवार पिंकी यादव, नेपाली काँग्रेसका युवा नेता एवम् निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्का, काँग्रेसका अग्रज नेता महेन्द्र प्रकाश विमली, लगायतकाले सम्बोध गर्नुभएको थियो ।
माओवादी केन्द्र जीतपुरसिमरा–१७ गाउँ कमिटीका अध्यक्ष लालप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा स्वागत सन्तोष चौधरी र सञ्चालन नेविसंघका हरिशरण सापकोटाले गरेका थिए । यसैविच गठबन्धनका उम्मेदवारहरुले रामनगर, रघुनाथपुर र जैतापुरमा घरदैलो गर्दै मतदाताहरुसंग भेटघाट समेत गरेका थिए ।
फोटोः

Leave a review

This will close in 0 seconds