न्यायोचित बजेट विनियोजन गरिदिन वीरगञ्ज महानगर मेयर सिंहको आग्रह

साझेदारी दैनिक
277 पाठक संख्या

संघीय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लगाएका छन्।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बिहीबार यस्तो आरोप लगाएका हुन् ।

वीरगञ्ज महानगरपालिकाले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेको उनले जनाए । अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन उनले आग्रह गरेका छन् ।

उनले भरतपुर महानगरमा ३ सय ९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र १ सय १५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण समेत उनले गराएका थिए ।

संघीय सासंद रामकृष्ण यादवले वीरगञ्जमाथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताए ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघीय साँसद रामकृष्ण यादवको संयोजकत्वमा सो समितिले स्थलगत अनुगमन गरेको हो । वीरगञ्ज आएको संसदीय टोलीले स्थानीय तह सित अन्तरक्रिया गरेको थियो ।

Leave a review