वृहत रक्तदान कार्यक्रममा एक सय एक जनाद्वारा रक्तदान

साझेदारी दैनिक
332 पाठक संख्या

कलैया । श्री कृष्ण जन्माष्टमीको अवसरमा बाराको जितपुरसिमरा उपमहानगरपालिका -४ औराहास्थित श्री कृष्ण प्रणामी मन्दिर प्राङ्गणमा आयोजित वृहत रक्तदान कार्यक्रममा एक सय एक जनाले रक्तदान गरेका छन्।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति औराहा सिमराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगञ्ज पर्साको प्राविधिक सहयोगमा उक्त वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान जीवनदान, मुलभावमा युवा परिषद्को अभियान” र “घर घर जागनी, जन जन जागनी” भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान गर्ने मध्ये ९२ जना पुरुष र ९ जना महिला रहेका परिषद्का सदस्य राजु सिल्वालले जानकारी दिनुभयो।

कार्यक्रम युवा परिषद् अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने साहित्याचार्य श्री जनार्दन घिमिरेले उद्घाटन गर्नुभएको थियो।

Leave a review