Sajhedari Daily
Latest News from Nepal

वीरगञ्जमा कोरोना बिरुद्धको दास्रो खोप २४ र २५ गते दिईने

वीरगञ्ज महानगरपालिकामा कोरोना संक्रमण बिरुद्धको दोस्रो खोपको मात्रा अगामी २४ र २५ गते दिईने भएको छ ।
खोपको दोस्रो मात्रा अगामी २४ र २५ गते दुई दिन लगाईने वीरगञ्ज महानगरपालिकाले बुधबार एक सुचना जारी गरि जानकारी दिएको छ ।

कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ब्यक्तिहरुलाई बिभिन्न स्वास्थ्य संस्थामा दोस्रो मात्राको डोज लगाईने छ ।

यसका लागि महानगरभित्र रहेका स्वास्थय चौकी तथा वडा कार्यालय अस्पताल लगायतका स्थानमा भेरोसेलको दोस्रो मात्रा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाईने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!