कलैयामा फेरि एक जनामा हैजा संक्रमण पुष्टि

साझेदारी दैनिक
438 पाठक संख्या

कलैया । बारामा थप एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल कलैयामा उपचाररत थप एक जना झाडापखालका बिरामीमा बिहिबार हैजा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय पुरुष रहेका छन ।

यस अघि बुधबार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुष हुन्।

मेसु गुप्ताका अनुसार त्यि पुरुष बिहिबार बेलुका ६ बजे डिस्चार्ज भए पनि राति ८ बजे पछि अस्पतालबाट घर फर्किएका हुन्।

Leave a review

This will close in 0 seconds