पर्सा जिल्लाको एक वडा कार्यालयको निणर्य,विवाह गर्नुपुर्व अब वडाबाट लिनुपर्छ अनुमति

साझेदारी दैनिक
345 पाठक संख्या

वीरगञ्ज : विवाहा गरेको पश्चात ३५ दिन भित्र विवाह दर्ता प्रमाणपत्र लिने कानुनी प्रवधान छ । तर पर्सा जिल्लाको एक वडामा विवाहा पुर्व नै वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।

जिल्लाको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ को वडा कार्यालयले यस्तो निणर्य गरेको हो । यहाँ अब कसैलेपनि विवाह गर्नु पुर्व वडा कार्यालयबाट अनिवार्य अनुमित लिनुपर्ने छ ।

वडा कार्यालयका वडाअध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा मंगलबार बसेको वडा समितिको वैठकले यस्तो निणर्य गरेको हो । निणर्य अनुसार वडा कार्यालयबाट अनुमति नलिई कसैलेपनि विवाह गरेको पाईए कारबाही गर्ने निर्णयमा भनिएको छ ।

आफ्नो वडालाइ बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले संचारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन । बैठकमा वडाध्यक्ष मुखियालाई वडा सदस्यहरु पारस साह,मदन मिश्र,रजमतिया देवी दुसाद र नूरबानो मियाइनले साथ दिदै निणर्यको सर्मथनमा हस्ताक्षर गरेका छन् ।

उनले भने, विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णयपनि गरिएको छ।

यसगैगरी वडा कार्यालयले वडा नम्बर ५मा बालविवाह जस्ता कुप्रथा निर्मूल पार्न सवै घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरिएको वडाध्यक्ष मुखियाले जानकारी गराएका छन ।

Leave a review