१७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलिमा भए छनौट निजगढका समीर कुमर

साझेदारी दैनिक
178 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/ नेपाली राष्ट्रिय फुटबल टोलिमा निजगढका समीर कुमर समावेश भएका छन्।

उनी १७ वर्ष भन्दा कम उमेरको समूहमा समावेश भएका हुन्। श्रीलंकामा आयोजना हुने यु १७ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि घोषित नेपाली टोलिमा उनी छनौट भएका हुन्। उनी निजगढ युवा क्लबका उत्पादन हुन्।

अखिल नेपाल फुटबल संघ एन्फाले देशव्यापी रुपमा संचालन गरेको खुल्ला छनोट मार्फत समीर छनोट भएकाहुन्। निजगढमा रहेका क्लबहरुले निरन्तर संचालन गरिरहेको प्रशिक्षणका कारण निजगढ फुटबल प्रतिभा विकसित गर्नमा सफल भएको हो।

यहाँ विभिन्न उमेर समूह सहित सिनियर राष्ट्रिय फुटबल टोलिमा निजगढका खेलाडीहरु निरन्तर समावेश हुँदै गईरहेको मधेस प्रदेश फुटबल संघका सदस्य तथा बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामीले जानकारी दिए।

कुमर नेपाल पुलिस क्लबबाट एन्फा यु १६ युथ लिग खेलिरहेकाछन । आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा यो प्रतियोगिता हुन गइरहेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा सेप्टेम्बर १५ मा नेपालले आयोजक श्रीलंका विरुद्ध प्रतिस्पर्धा गर्दैछ। दक्षिण एसियामा ७ वटा देशले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा आयोजक श्रीलंका र बङ्गलादेश सम्मिलित समूह ए मा नेपाल समावेश छ। समूह बि मा भारत,पाकिस्तान,माल्दिभ्स र भुटान रहेका छन्।

Leave a review