Sajhedari Daily
Latest News from Nepal

युुवा समाजकोे जीतपुुरसिमरा उपमहानगरपालिकामा न्यानो बाँड्ने अभियान

रञ्जन यादब/
युुवा समाज सिमरा बाराले जीतपुुरसिमरा उपमहानगरपालिकामा न्यानो बाँड्ने अभियान थालेको छ ।तराईमा शितलहर र चिसो बढेपछि जाडोबाट कसैले ज्यान न नगुुमाउँन भन्ने उदेश्यले उपमहानगरपालिकामा अभियान सुुरु गरिएको युुवा समाजका संयोजक सुुशिल ढकालले बताएका छन ।

समाजिक संजाल र ब्यक्तिगत चिनजानको सहायताले सर्बसधारणहरुको न्यानो पुुराना कपडाहरु युुवा समाजले सङ्कलन गर्ने गरेको छ । संकलन गरिएका कपडाहरु युुवा समाजले लवन्डरीको सहायताले धोएर ,सुुकाएर सर्बसधारणलाई बितरण गर्दै आएको छ ।

बृद्धबृद्धा र बालबालिकालाई लक्षित गर्दै युुवा समाजले नयाँ ज्याकेट आफनै लगानीमा सय जनालाई बितरण गर्ने योजना बनाएको संयोजक ढकालले बताउँनुुभयो । युुवा समाजका सदस्यहरुले उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट न्यानो कपडा सङ्कलन गरी बिभिन्न ठाउँमा बितरण गर्दै आएको छ ।