छिपहरमाईमा एकल महिलाको कपाल मुण्डन गर्ने चार पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 387 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्सामा एकल महिलालाई मुण्डन गर्ने चारजना प्रक्राउ परेका छन । जिल्लाको छिपहरमाई गाउँपालिकामा एकल महिलाको कपाल मुण्डन गरि दुर्बब्यावहार गर्ने चारजनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले महिलाको कपाल मुण्डन गर्ने सोही गाउँपालिका वडा नम्बर ३ जयमँगलापुरका ५५ वर्षिय मुनीलाल साहकानु, ४० बर्षीय राजदेव ठाकुर, ३५ बर्षकी इन्दुदेवी र ३२ बर्षकी सन्ध्यादेवीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु चारैजनाले सोही स्थानकी एकल महिलालाई चरित्रहीन भएको आरोप लगाउदै कपाल मुण्डन गरेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी गराएका छन । ती महिलालाई बुधबार बिहान चरित्रहीन भएको बताउदै कपाल मुण्डन गरेकोले चारैजनालाई पक्राउ गरिएको नायब उपरिक्षक कुँवरले बताए । गाउँमै महिलाको कपाल मुण्डन गरि दुर्ब ब्यावहार गरिएको बारेमा प्रहरीले थाहा पाउने बितिक्कै ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले चारैजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी घटनाको बारेमा सत्य तथ्य बुझने तथा थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी नायब उपरिक्षक कुँवरको भनाई छ । ५ जना छोरी र एक छोराकी आमा रहेकी ती एकल महिलाको श्रीमानको दुई बर्ष अघि मृत्यु भएको थियो । उनी परिवार चलाउनको लागि अरुको घरमा काम गर्दै आएकी थिइन ।

समाचार शेयर गर्नुहोस
Leave a review