नेपाली काँग्रेस बाराद्वारा तोडफोड र व्यक्तिगत आक्रमणको निन्दा

साझेदारी दैनिक
451 पाठक संख्या

कलैया : नेपाली कांग्रेस बारा द्वारा तोडफोड र व्यक्तिगत आक्रमणको घटनाको निन्दा गरिएको छ।

नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना विज्ञप्तिमा व्यक्त गरेका छन्।

नेपाल र नेपाली जनताका लोकतान्त्रिक योद्धा तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरु, आन्दोलनकारी र सुरक्षाकर्मी माथि भएको आक्रमणको विज्ञप्तिमा निन्दा गरिएको छ। सभापती देउवा लगाएत सबै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमा गरिएको छ।

सरकारी, सार्वजनिक संचार गृह, उद्योग, व्यवसाय तथा कलकरखानामा सबै निजी सम्पत्ति र भवनहरुमा भएको तोडफोड, लुटपाट र व्यक्तीगत आक्रमणलाई जघन्य अपराध भन्दै विज्ञप्तिमा घोर भत्र्सना गरिएको छ।

वर्तमानमा सिर्जना भएको राजनीतिक परिस्थितिमा निकासका लागि लामो संघर्ष, त्याग, तपस्या र बलिदानबाट जनप्रतिनिधि (संविधानसभा) बाट बनेको हालको संविधानको संरक्षक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय रहेको विज्ञप्तिमा जनाइएको छ। यस पहलमा नेपाली कांग्रेस बारा लगाएत सबैको साथ र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ।

Leave a review

This will close in 0 seconds