इलाका प्रशासन कार्यालय सिमरालाई प्राविधिक सामग्री सहयोग

रञ्जन यादव
249 पाठक संख्या

जीतपुर : जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोडपछि सेवा अवरुद्ध बनेको सिमरा इलाका प्रशासन कार्यालय सिमरालाई नयाँ प्राविधिक सामग्री हस्तान्तरण गरिएको छ ।

सिमरा जेसीज र लायन्स क्लब अफ सिमरा जागरणको पहलमा पाँच थान कम्प्युटर, तीन थान प्रिन्टर र दुई थान स्क्यानरसहितका उपकरण उपलब्ध गराइएको हो । साथै, केही पुराना उपकरण मर्मत गरेर पनि कार्यालयलाई हस्तान्तरण गरिएको पूर्वअध्यक्ष शालिकराम अधिकारीले जानकारी दिएका छन।

गत भदौ २४ गते भएको तोडफोडका कारण कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, एसी लगायतका सामग्री पूर्ण रूपमा क्षतिग्रस्त भएका थियो। सो घटनामा कार्यालय प्रमुखको सवारी साधनसमेत आगजनी गरिएको थियो। लामो समय भाडाको भवनमा सेवा दिँदै आएको कार्यालय गत मंसिरमा मात्रै आफ्नै भवनमा स्थानान्तरण भएको थियो ।

नयाँ भवन सञ्चालनमा ल्याउन नगरपालिकासहितका राजनीतिक दल, विभिन्न वडा कार्यालय, समाजसेवी, स्थानीय उद्योग तथा संघ–संस्थाले सहयोग जुटाएका थिए ।

Leave a review

This will close in 0 seconds