लेदाे पानीका कारण समस्यामा स्थानीय 

साझेदारी दैनिक
419 पाठक संख्या

जी. आर ( अभागी )/

बर्षायाममा धमिलो र लेदाे पानी बग्नु स्वभाविक हाे तर हिउदमा समेत धमिलाे र लेदाे पानीको कारण पर्या -पर्यावरण समेत नकारात्मक असर परेकाेेले स्थानीय समस्यामा परेका हुन ।

धमिलाे र लेदाे पानी बग्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ? नलागाेस पनि किन ? खहरे खाेला, त्यस माथी तराई मधेसमा ।

लेदाे र धमिलाे पानीकाे कारण नदि संगै खुलेकाे वास प्लान्ट र क्रसर उधाेगबाट निश्कने लेदाेलाई प्राकृतिक वरदान मानिएकाे खाेलामा मिसाउदा कन्चंन पानी दुषित बन्न पुगेकाे हाे ।

जीतपुर सिमरा उपमहानगरपालिका १६ र १५ भएर बग्ने बालगंगा खाेलामा लेदाे पानी बग्दा त्यस भेगका बासिन्दाहरू समस्यामा परेकाे बदाफर निवासी समाजसेवी विनाृद चाैधरीले दुखेसाे पेखेका हुन ।

हामी यसै ठाउमा जन्मेको हाै खै कहिल्यै हिउदमा यस्ताे समस्या देखेका थियनाै तर विगत ३ बर्ष देखि यस्ताे समस्यामा पर्दा समेत कसैले राेकथामकम लागि ध्यान दिएनन । हामी मर्कामा परेकाे छाै हाम्रो अावाज कसले सुन्छ र ?

खाेला भनेकाे प्राकृतिक स्रोत हाे यसकाे संरक्षण र सम्बर्द्धनमा सबैकाे चासाे र चिन्ता हुनुपर्नेमा सबै मुकदर्शक बन्दा हामी क गराै र कसाे गराैकाे अवस्थामा पुगेका छाै स्थानीय समाजसेवी दिपक चाैधरीले थप्नुभयाे ।

कलैया उपमहानगरपालिका काे सखुई, जीतपुर सिमराकाे फत्तेपुर, सिमरी,पाेता, डुमरवानाका स्थानीयहरूले सैयाैकाे संख्यामा गाई चराउने र त्यहि खाेलामा पानी पियाउने गरेका थियै तर यस्ताे अवस्थामा खाेला भईदिदा सार्है मर्कामा परेका छाै ।

पशु चाैपायलाई यस्ताे लेदाे मिसिएको पानी पियाउदा विभिन्न राेगहरू लाग्न सक्छ हामी समस्यामा छाै । गाई चरूवा भुलन चाैधरीले दुखेसो पाेखे ।

जीतपुर सिमरा १५ र १६ मा गरि ६ बटा वास प्लान्ट र क्रसर रहेकाे छन ।

Leave a review