दलितमाथि कुटपिटको घटनाबारे छानविन गर्न आयोगको टोली पर्सामा

साझेदारी डेलि
149 पाठक संख्या

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनावारे छानविन गर्न राष्ट्रिय दलित आयोेगको टोली पिडितको घरमा पुगेको छ ।

घटनावारे चासो देखाउदै आयोगको टोली घटनास्थलमै पुगेर प्रारम्भिक छानबिन शुरु गरेको हो । आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली आइतबार महुवन पुगेर पीडित परिवारसँग भेटघाट गरी घटनाबारे जानकारी लिएको छ।

टोलीले घटनाको पृष्ठभूमि, पीडितको अवस्था तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै तथ्य संकलन गरेको जनाएको छ। ग्त फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित समुदायका व्यक्तिहरूले दलित समुदायमाथि कुटपिट गरेको आरोप छ। उक्त घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको बताइएको छ।

पिडित परिवारसंग बोल्दै आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनविपरीत रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन आयोगले पहल गर्ने बताए।

घटनास्थल अवलोकनका क्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवान लगायत स्थानीय सरोकारवालाको पनि उपस्थिति रहेको थियो। आयोगको टोलीले यसैक्रममा पर्साकै सखुवाप्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष असेश्वर प्रसाद यादवसँग पनि भेटेर घटनाबारे जानकारी लिएको थियो।

Leave a review