रौतहटको अधिकांश सरकारी कार्यालय डुबानमा

Om Prakash Yadav
314 पाठक संख्या

रौतहट । रौतहटको सदरमुकाम गौर अहिले पनि डुबानमा नै रहेको पाइएको छ। शुक्रबा ररातिदेखी भएको भीषण वर्षापछि बागमती, लालबकैया, झाझ लगाएत नदीमा आएको बाढीको पानीका कारण गौर अझै जलमग्न नै रहेको देखिएको छ।

पानीको निकास नभएका कारण गौरमा पानी थनेकोको कारण सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको छ।

सदरमुकाम गौरमा रहेको जिल्ला अदालत, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, हुलाक कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी, नेपाल विद्युत प्राधिकरण कार्यालय लगाएतका सरकारी कार्यालय समेत डुबानमा परेको छ।

हिजो बिहानदेखि उक्त कार्यालयहरू पूर्व रूपमा डुबानमा परेका कारण कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प भएको छ। गौरको चारैतिर दुईदेखि तीन फिटसम्म पानी जमेको र सरकारी कार्यालयहरू समेत डुबानमा परेका कारण सेवा प्रवाह बन्द नै रहेको छ।

सरकारी कामकाज बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्। भारतले लगाएको बाँधका कारण गौरको पानी दक्षिणतिर पार गर्न नसक्दा गौर दुईदिन देखि डुबानमा परेको छ।

Leave a review

This will close in 0 seconds