शहरी गरिबी निवारण मंचको १२ औं वार्षिक उत्सवको अवसारमा थवई बस्तीमा वृक्षारोपण

संदिप प्रसाद यादव
904 पाठक संख्या

शहरी गरीबी निवारण मञ्चले आफ्नो १२ औं वार्षिकोत्सबको अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जितपुर भुलाहवामा नव निर्मित एकीकृत बस्तीमा वृक्षारोपण गरेको छ ।

मञ्चले ३४ परिवार थवई जाति र अन्य अति विपन्न परिवारको लागि निर्माण गरिएको बस्तीलाई हराभरा र सुन्दर बनाउनको लागि अशोकको वृक्षारोपण गरेको हो ।

उक्त एकीकृत थवई बस्ती लुमन्ती आवासको लागि सहयोग समूह र कलैया उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको हो । केही दिन अघि मात्रै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले वस्तिको उद्घाटन गरेका थिए ।

२०६८ पौष २९ गते जिल्ला प्रशासन कार्यालय बारा र समाज कल्याण परिषदमा दर्ता भई बिगत १२ बर्षदेखी बारामा स्थानीय सरकारी तथा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाको सहयोग र सहकार्यमा बिभिन्न किसिमको कार्यक्रम संचालन गर्दै आइहेको छ ।

१२ औं वर्ष सम्ममा पुर्‍याएका सहयोगी हात जस्तै लुमन्ती आवासको लागि सहयोग समूह,कलैया उपमहानगरपालिका, सेलाभिप फाउन्डेसन,दिपशिखा महिला सहकारी,बारा उधोग वाणिज्य संघ र घरेलु तथा साना उधोग कार्यालयलाई विशेष धन्यवाद मंचका पदाधिकारीहरुले दिएका छन् ।

मञ्चले आफ्नो पदाधिकारीको साथ शुभकामना आदानप्रदान गरेको हो ।

Leave a review

This will close in 0 seconds