वीरगञ्ज । शुभ दीपावली र महापर्व छठ पूजा नजिकिँदै गर्दा पर्साको वीरगञ्जस्थित घण्टाघर क्षेत्रमा पर्वसंग सम्बन्धित सामाग्रीको बिक्री शुरु भएको छ।
यहाँ माटोका दियो, कलश र पूजाका सामग्रीहरूको बिक्री–वितरण सुरु भएको हो। बजारमा माटाका सामग्री, रंगोलीका सामान, दियो, कलश, धूप, माला र अन्य पूजा सामग्री बजारमा आएसंगै यस्को किनमेल गर्न ग्राहकहरुको चहलपहल बढेको छ।
दिपावली र छठ पर्वका तयारीसँगै माटाका दियो र कलशको माग बढ्दै गएको छ। वीरगञ्ज आसपासका गाउँ–नगरबाट समेत खरिद गर्न आउनेहरूको भीड बढेको व्यापारीहरुले जनाएका छन्।
घण्टाघर बजारमा बिहानदेखि बेलुकीसम्म मानिसहरु देखिएका छन्।
सर्वसाधारणले पनि दियो बाल्ने र पूजा गर्ने तयारी सुरु गरिसकेका छन्।

