फागुन २१ को निर्वाचन लक्षित बारा ३ मा काँग्रेसका उम्मेदवार मन्सुरको चुनावी भेटघाट तथा भेला

साझेदारी डेलि
364 पाठक संख्या

कलैया । आउदो फागुन २१ म हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरले वृहत चुनावी भेला तथा रणनीतिक छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन ।

कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत विभिन्न वडाहरु नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् बारा क्षेत्र नम्बर ३ का उम्मेदवार मन्सुरले वडासमिति, नेता तथा कार्यकर्ताहरुसंग छलफल, भेटघाट गरेका हुन ।

शनिवार कलैया उपमहानगरपालिका वडा नम्बर १९ मा पार्टीका नेता तथा कार्यकताहरुसंग भेटघाट गरेका हुन । यसैगरी उनले यसअघि शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा पनि चुनावी भेला,छलफल तथा भेटघाट कार्यक्रम गरेका थिए ।

सो अवसरमा बोल्दै उम्मेदवार मन्सुरले लोकतन्त्र, संविधान र समावेशी विकासको रक्षा गर्न नेपाली काङ्ग्रेसलाई बलियो बनाउन सबै लोकतन्त्रप्रेमी नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो। “रुख छापमा मतदान गर्नु भनेको स्थायित्व, सुशासन र उज्यालो भविष्यको पक्षमा उभिनु दिनु हो,” नेता मन्सूरले भने ।

छलफल तथा भेटघाट कार्यक्रमा विशेष गरी निर्वाचन केन्द्रित कार्यक्रम तय गर्ने, संगठन सुदृढीकरण र मतदान रणनीति निर्माणमा केन्द्रित विषयमा छलफल भएको युवा नेता राजेश भण्डारीले जानकारी गराए ।

Leave a review