निवर्तमान सांसद किसान श्रेष्ठले तनहुँबाट गराए बारामा बसाइसराइ

साझेदारी दैनिक
245 पाठक संख्या

कलैया । बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद किसान श्रेष्ठले शुक्रबार आफ्नो मतदाता नामावली तनहुँबाट बारा सारेका छन् ।जिल्ला निर्वाचन कार्यालय पुगेर उनले नामसारी गर्ने प्रक्रिया पूरा गरेका हुन् ।

उनले जीतपुरसिमरा उपमहानगरपालिका–४ मा पनि बसाइसराइ दर्ता गरेका छन् । जेन–जी आन्दोलनका बेला आगजनीमा परेको घर मर्मत गरेका छन्। यसपछि उनी यतै बसोबास गर्दै आएका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादी पार्टीका तर्फबाट किसान विजयी भएका थिए।

उनले त्यतिबेला आफैँलाई मत दिन पाएका थिएनन् । तनहुँमा मतदाता नामावली रहेको कारण उनले मतदान गर्न नपाएका उनले बाराबाटै मत हाल्न पाउने भएका छन्।

Leave a review

This will close in 0 seconds