कलैया । कलैया उपमहानगरपालिका–६ मा आगामी २०८३ सालमा आयोजना हुने श्री दुर्गा पूजा मेलाका लागि मूल समिति गठन गरिएको छ।
वडा अध्यक्ष रामविश्वास ठाकुरको अध्यक्षतामा मंगलवार बसेको बैठकले राजु महतोको अध्यक्षतामा १५ सदस्यीय दुर्गा पूजा मेला मूल समिति गठन गरेको हो।
गठित समितिको उपाध्यक्षमा सरोज प्रजापति, सचिवमा पन्नालाल साह, कोषाध्यक्षमा वीरेन्द्र प्रजापति र सहसचिवमा प्रमोद मण्डल चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा हरि प्रसाद साह, संजय मण्डल, मुन्ना मण्डल, रामबाबु पण्डित, शैलेन्द्र मिश्रा, विजय पटेल, चिन्तामणि कुशवाह, राजकुमार मण्डल, जगदीश पण्डित र गणेश साह रहेका छन्।
समिति गठनसँगै आयोजकहरूले आगामी दुर्गा पूजा तथा मेलालाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छन्।


