बाराका दुई सामाजिक अभियानतालाई पाँच दिनको म्याद थप

साझेदारी दैनिक
561 पाठक संख्या

कलैया । बाराका दुई सामाजिक अभियानतालाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका ३० वर्षीय सामाजिक अभियन्ता प्रदीप प्रसाद कुशवाहा र वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंहलाई आज अनुसन्धानका लागि जिल्ला अदालत बाराले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आदर्शकोतवाल गाउँपालिकामा भएको तोडफोड तथा तालाबन्दी घटनासम्बन्धी गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीका आधारमा उक्त दुवै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आपराधिक उपद्रव मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप लिइ दुवै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

Leave a review