अखिल नेपाल औधोगिक मजदुर संघको प्रदेश कमिटी गठन

रञ्जन यादव
579 पाठक संख्या

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औधोगिक मजदुर संघको तेस्रो प्रदेश भेला बाराको जीतपुर स्थित गढीमाई मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।

भेलाले पुन : रामपुकार कामतीको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा दिपक कार्की,महिला उपाध्यक्षमा कृपा चोधरी,सचिवमा वीरबहादुर थापा,सहसचिवमा लुटेन्द्र मिश्र र कोषाध्यक्षमा क्यामुदिन अंसारी रहेका छन् ।

सदस्यमा धर्मेन्द्र ठाकुर,एली मगर,डि.पि.थापा,मदन साह ,उपेन्द्र महत्तो,देवेन्द्र सिटौला,रुद्र वस्ती लगायत रहेका छन् ।

प्रदेश भेलाको उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले मजदुरहरुको हक,हितको रक्षाकोलागि उपमहानगरपालिका मजदुरको साथमा रहेको बताए ।

मजदुरहरुलाई अदक्षबाट दक्ष बनाउँन, सामाजिक सुरक्षा कोषमा समावेश गराउन,ट्रेड युनियनले ग्यारेन्टी गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्नमा दबाब सिर्जना गर्न उपमहानगरपालिकाको तर्फबाट प्रतिबद्धता ब्यक्त गरे ।

मजदुरहरुको विकासकोलागि आवश्यक योजना ल्याउन मजदुरका नेताहरुसँग माग गरे । आउँदो उपमहानगरपालिकाको बजेटमा त्यस्ता योजनाहरु राख्न तयार रहेको उनले बताए ।

प्रदेश कमिटी अध्यक्ष कामतीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकी,अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रिय अध्यक्ष बेनि तिमल्सिना,अखिल नेपाल ट्रेड युनियनको केन्द्रिय सदस्य अर्जुन चिमरिया,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा महासंघका उपाध्यक्ष धन बहादुर बि.क लगायतको उपस्थिति थियो ।

Leave a review

This will close in 0 seconds