प्रतिबन्धित गाँजासहित दुई पक्राउ

साझेदारी दैनिक
330 पाठक संख्या

सशस्त्र प्रहरीले पर्साबाट प्रतिबन्धित लागु औषध गाँजा १० किलो बरामद गरेको छ ।

उसले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।पर्सा ठोरी गाउँपालिका–४ ओरिया खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म सुवर्णपुरबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबैजनाले बोकेको झोलाबाट दस किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देखेपछि तस्करहरु फरार भएका थिए। गाँजा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पर्सा प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Leave a review