अवैध भारतीय नोट सहित सिमरा विमानस्थलबाट एक जना पक्राउ

रञ्जन यादव
401 पाठक संख्या

बाराको सिमरा विमानस्थलबाट प्रहरीले अवैध भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतीय दुई लाख नगद सहित पक्राउ पर्नेमा भारतको विहार नवादा थाना अक्बरपुर का ३८ वर्षीय शिवशंकर बब्लु रहेका छन् ।

उनलाई प्रहरीले सिमरा विमानस्थलबाट मंगलबार पक्राउ गरेको थियो ।मुलुकको केन्द्रीय बैंकले नेपाल भरी भारतीय रुपैयाँ (भारु) १ सयभन्दा माथि दरका सबै नोट कारोबारमा प्रतिबन्ध लगाएको छ ।

ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीसंग सो रकम बरामद गरेको हो ।

दुई हजार दरको नोट एक सय थान सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । बरामद नगद सहित शिवशंकरलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।

नेपालमा भारतीय भारु १ सयभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन,लैजान तथा सटही गर्न भने पाइने छ ।

त्यसभन्दा बढी दरको रकम बोक्न अथवा कारोबारमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ ।पर्याप्त जानकारीको अभावमा पनि भारतबाट नेपाल आउने पर्यटकले प्राय ठूलो मात्रामा भारतीय पैसा बोकेर आउने गरेका छन् ।

Leave a review