बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

संदिप प्रसाद यादव
389 पाठक संख्या

कलैया । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालयको बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले उद्घाटन गरेका हुन। निर्वाचन आयोगले अधिकारीलाई बाराको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

त्यस्तै क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय कोल्हवी नगरपालिकाको भवनमा स्थापना भएको छ । त्यसैगरी क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय महागढ़ीमाई नगरपालिकाको भवनमा स्थापना भएको छ । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम कार्यालय जीतपुरमा स्थापना गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नविन चौधरीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,प्रहरी उपरीक्षक नरेन्द्र कुवर,राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन् । फागुन २१ गते हुने निर्वाचनको लागी माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

Leave a review

This will close in 0 seconds