बाराको सिमरा एभरेष्ट बैक सिमरा शाखाको सेबा र एटिएमबाट बर्षदेखी सेवाग्रही आजित बनेका छन ।झण्डै १६ बर्षदेखी सिमरामा शाखा स्थापना गरि कारोबार थालेको एभरेष्ट बैकले अहिले ६० प्रतिशत बजार कब्जा जमाएको हुदा वैकको मनोपोली बढेको सेवाग्रहीहरुले बताएका छन ।
पुरानो भएकै कारण स्थानीय ऋणीहरुले कारोबार सिमराकै अन्य बैकमा नसारेपछि आजकल हिजो आज ऋणी आफै किस्ता र ब्याज बुझाउन घण्टौ लाग्ने भए पछि पिडित बन्न थालेको गुनासो गरेका छन । वैँकले चाप अनुरुप केही पुराना धेरै संख्यामा नया सिकारु सिमित कर्मचारीहरु मात्र रहेकोले ग्राहकको चाप थेग्न नसके पछि भुक्तान र नगद जम्मामा घटीमा एक घण्टा लाग्ने गरेको सेबाग्राहीहरुको गुनासो छ ।
सिमरामै दुई दर्जन बढि क बर्गका बैकहरु संचालनमा आई सकेका छन प्राय बैकहरुले चेक साट्न पाच मिनेटमा भुक्तान नभए शाखा प्रबन्धकलाई खबर गर्नोस भनेर भुक्तान लिने स्थानमा बोर्ड नै राखेका छन ।यस क्षेत्रका सुर्य नेपाल, हुलास स्टिल, जगलम्बा लगाएतका उद्योगहरुका कर्मचारीहरुको तलब एभरेष्ट बाटै प्राप्त गर्ने भए पछि हरेक कामदार १६ बर्ष पुरानो एटिएम मेसीनबाट पिडित बनेका छन । एटिम लिएर बजार आउनेहरु मेसीन बिग्रे पछि कैयो पटक रितै घर फर्केको तितो अनुभब सेबाग्राहीले गरेका छन ।
लकडाउन यता ग्राहकको रकम एटिएममा पैसा ननिस्कने तर रकम काटिएको मेसेज आउने कहिले फिर्ता आउने, कहिले मेसेजै नआउने भए पछि मेसिन बिग्रेको भन्दै सर्बसाधारण सामन्य जानकारी भएका स्थानीय मर्कामा परेको हुन सक्ने बताइएको छ । निर्माण सेबा सिमराका संचालक कासीम हुसैनले आफुले भुक्तानका बेला पटकौ समस्या परको र झगडा समेत गर्नु परे पछि एभरेष्टमा कारोबार छाडेको बताए । उनले म संगै कैयौ साथीहरुले छोडी सकेको बताएका छन ।
मध्यम र साना ब्यापारीहरुले आफुले कमाएको गुडबिल अन्य बैकमा सार्दा कमाउन समय लाग्ने हुदा बाध्य भएको र आफुहरुले भुक्तान गर्नुपर्ने चेक एभरेष्टको भए नदिनुस भन्ने पिडा सहनु परेको बताउछन ।समग्र उधोग ट्रेड युनियन नेपालका केन्द्रिय अध्यक्ष आनन्द थामीले मजदुरहरुलाई भुक्तानमा लामो समयलाग्ने र लाईन बस्नु पर्ने लगाएतका समस्या हामीकाहा आए पछि हामीले बैकलाई पटक पटक प्रकीया छिटो लैजान दबाब दिएका हौ तर सुनुबाई भएको छैन अब हामी चाढै उधोगीहरु संग मजदुरको भुक्तान प्रकी्रया लामो भएकोले अन्यत्र सार्न सुझाब दिने भएको बताए ।
रकम जम्मा गर्न देखी भुक्तान लिन समेत एक घण्टा जसो दैनीक लाईन बस्नु परको आफै परेको, देखेको र जनगुनासो बढे पछि बैक प्रशासनलाई सुधार गर्न आग्रह गरे पनि सुधार गर्न उदासीन रहनुको कारण बुझन नसकिएको बडा अध्यक्ष तिलक श्रेष्ठले बताए ।९ बर्ष पुरानो एक पटक मा १५ हजार मात्रै झिक्न मिल्ने र दिनमा ४५ हजार सम्म झिक्न मिल्ने संचालीत एटिएममा समेत लाईन लाग्नु पर्ने र प्राबीधिक समस्या दिनमा सयौ पटक हुने गरेको छ ।
९ जना कर्मचारी टेबुलमा काम गर्ने जस्मा भुक्तान र जम्मा एकै लाईन हुदा समस्याको प्रमुख कारण बनेको हो ।बैकका प्रबन्धकले सरकारी कर्मचारीको शैलीमा अब नया एटिएम आउने बताए पनि उनि यस्तो आश्बासन दिने ११ हौ शाखा प्रबन्धक हुन ।