Sajhedari Daily
Latest News from Nepal

सुवर्णको छौठौं विशेष गाउँसभामा सम्पन,४८ करोड १७ लाख ४९ हजार ८ सय ६० रुपैयाको बजेट प्रस्तुत

सुवर्ण गाउँपालिकाले छौठौं विशेष गाउँसभा कवहीगोठमा शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित उक्त गाउँसभाको विधायक बच्चा राउत अहिर र गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सयूक्त रुपमा पानसमा दिपज्वलन गरेर उद््घाटन गर्नु भएको थियो ।

गाउँसभाले चालु आ.ब.२०७७/७८ को लागि ४८ करोड १७ लाख ४९ हजार ८ हजार ६० रुपैया बरावरको बजेट विनियोजन सहितको निती तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष बबिता यादवले चालु आर्थिक बर्षको अर्ध बार्षिक २०७७/०७८ को लागि आर्थिक बर्षमा चालू तर्फ रु २७ करोड ५५ लाख ६९ हजार ८ सय ४६ रुपैया ३२ पैसा रहेको र चालू तर्फ वास्तविक खर्च ८ करोड ६३ लाख ७९ हजार १ सय ९४ रुपैया ५० पैसा (खर्च प्रतिशत ३१५) रहेको प्रस्तुत गरेकी छिन।

त्यस्तै कुल बजेट मध्ये पुजिंगत तर्फ २० करोड ६१ लाख ८० हजार १४ रुपैया र पुंजीगत तर्फ वास्तविक खर्च १ करोड ७० लाख ३९ हजार २ सय ८६ रुपैया खर्च (८.२६५) भएको प्रस्तुत बजेटमा उल्लेख गरेकी छिन ।

सुवर्ण गाउँपालिकाले छौठौं विशेष गाउँसभाको प्रमुख अतिथि समेत रहेका प्रदेश नं २ का प्रदेश सभाका सदस्य बच्चा राउत अहिरले कार्यक्रमलाई सम्बोधन गदै देशमा संघीयता हटाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो सर्यन्त्र गरिरहेको बताएका छन् । बिकास गर्ने समयमा संसद विघटन गरेर देशको राजनितीलाई अस्थर्था तर्फ ढकेलेको अरोप समेत लगाएका छन् । देशलाई संकटमा पारेर देशको अर्थ तन्त्रमा ठूलो नोक्सानी पुर्यारहेको समेत बताए । आफुले प्रदेश सरकारबाट शिक्षा,स्वास्थ्य र कृषिको लागि बजेट ल्याएर बिकास गरेको बिधायक अहिरले बताए ।

जनप्रतिनिधि,कर्मचारी आम जनतासंग समन्वय गरेर गाउँपालिकामा सडक ढलान नाला,निर्माण, खाने पानी,शिक्षा,स्वास्थ्यमा राम्रो बिकास भएको सूवर्ण गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले बताएका छन् । कोरोनाको समयमा आफुले अनुगमन टोली बनाएर जनताको जीवनको रक्षा गरेको बताए ।

किसानले मेहनत गरेर उत्पादन गरेको धान गंहु मकै लगाएत खाद्यान्नको मुल्यमा सरकारले वृद्धि गरेका छैन । खाद्यन्नको मुल्यमा वृद्धि नहुदा किसानले मारमा परेका गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बताएका छन् ।

छौठौं बिशेष गाउँसभा कार्यक्रममा सूवर्ण गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष,कवहिगोठ इलाका प्रहरी,पत्रकार,समाज सेवी, विभिन्न राजनितिकदल आम नागरिक लगाएत उपस्तिथि रहेको थियो ।

Comments are closed.

error: Content is protected !!