करैयामाई : बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ को कार्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरी विभिन्न योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले वडा अन्तरतगका सेवा निवृत्त, कार्यरत राष्ट्रसेवक कर्मचारी तथा विभिन्न संघ संस्थामा रहेर सामाजिक क्षेत्रमा योगदान पु¥याउने ६५ जनालाई सम्मान गरेको हो ।
स्थानीय खैरा गढीमाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले खादा र सम्मानपत्र सहित सम्मानित गरेका हुन ।
वडा कार्यालयले वडामा रहेका शिक्षक सेवा, निजामति सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी सेवा निबृत तथा तराष्ट्रसेवक कर्मचारी, विभिन्न संघ संस्था रहेर योग्दान पु-याउने तथा उच्च शिक्षा अध्ययनरत व्यक्तितवको रुपमा उच्च मुल्यांकन गर्दै सम्मान गरिएको वडा अध्यक्ष सोनालाल साहले बताएका छन ।
अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य नेसारुल अंसारी र कार्यक्रमको संचालन सिताराम पासवानले गरेको वडा कार्यालयले जनाएको छ ।


