महिला लघुवित्तद्वारा नेरामावि सिमरालाई २५ हजार सहयोग

साझेदारी डेलि
176 पाठक संख्या

जीतपुर : संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सिमराले श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सिमरा, बारालाई रु. २५ हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको पहलमा उक्त सहयोग उपलब्ध गराइएको हो। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार सुदृढीकरणमा टेवा पु-याउने उद्देश्यले सहयोग प्रदान गरिएको जनाइएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको दिगो विकासका लागि निजी तथा वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

विद्यालय प्रशासनले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले शिक्षण–सिकाइ वातावरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

Leave a review