बारा-४ : रास्वपाका रहवर अंसारी भारी मतान्तरले विजयी

साझेदारी डेलि
292 पाठक संख्या

कलैया, २३ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी विजयी भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई पछि पार्दै ४१ हजार २०० मतसहित विजयी भएका हुन् ।

एमालेका श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १२३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपा नेपालका उम्मेदवार सन्जु साह ७ हजार ५९३ र नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा २ हजार ६७ मत प्राप्त गरेका छन् ।

Leave a review

This will close in 0 seconds