सिमरा रंगशालामा रात्रीकालीन महिला फुटबलको तयारी

रञ्जन यादव
49 पाठक संख्या

जीतपुर । सिमरा रंगशालामा असोज १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा हुने ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १७ गतेसम्म सञ्चालन हुनेछ।

रात्री समयमा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। सहभागी टोलीमा नेपालका एपीएफ, नेपाली आर्मी, नेपाल पुलिस, फेयर फुटबल धरान, बसन्तपुर युनाइटेड चितवन र आयोजक सिमरा भेट्रान क्लब छन्। भारतबाट कुर्सेङ गोल्स र झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटीले सहभागिता जनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो।

प्रतियोगिताका लागि जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र एक्स्ट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

Leave a review