आर्थिक गणनाप्रति चासो बढाउँदै बारामा सरोकारवालाहरुबीच सचेतना गोष्ठी

साझेदारी डेलि
310 पाठक संख्या

कलैया । राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी बनाउने उद्देश्यले बारामा सरोकारवालाहरूबीच अन्तरक्रियात्मक सचेतना गोष्ठी बिहीबार सम्पन्न गरिएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित जिल्ला आर्थिक गणना कार्यालय बाराले उक्त गोष्ठीको आयोजना गरेको हो।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित गोष्ठीमा जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, उद्योग–व्यवसायी तथा सञ्चारकर्मीहरू एकै थलोमा भेला भई आर्थिक गणनाको आवश्यकता र कार्यान्वयनका पक्षमा छलफल गरेका थिए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणनालाई देशको आर्थिक यथार्थ बुझ्ने आधारभूत माध्यमका रूपमा चित्रण गरे। उनले सबै क्षेत्रको सक्रिय सहभागिताविना गणना सफल हुन नसक्ने भन्दै सहकार्यमा जोड दिएका छन ।

कार्यक्रममा बाल्दै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गणना प्रक्रियामा खटिने गणकहरूको सुरक्षा र सहजतामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पर्नुभयो । उहाले सर्वसाधारणलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो।

जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले गणनाको उद्देश्य, विधि र यसको उपयोगिताबारे प्रस्तुति दिएका थिए। उनले आर्थिक नीतिनिर्माणमा यस्ता तथ्यांकको भूमिका निर्णायक हुने बताए ।

कार्यक्रममा सहभागीहरूले आर्थिक गणना सफल बनाउन स्थानीय तहदेखि केन्द्रीय निकायसम्म समन्वयात्मक प्रयास अपरिहार्य रहेको धारणा राखेका थिए। कार्यालयले सबै पक्षसँग सहकार्य गर्दै निर्धारित समयमै गणना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

Leave a review

This will close in 0 seconds