सिमरा : बारा जिल्लाका मुख्य नदी तथा खोलाहरू यतिखेर चरम दोहन भईरहेको छ । जिल्लाका मुख्य नदीहरु अहिलोचरम दोहनको चेपेटामा परेको हो । जथावाभी नदी दोहनले नदिका आसपासका वस्तीहरुमा जोखिमा बढेको छ।
बाराजिल्लाका विभिन्न नदीहरूबाट बालुवा,गिट्टी,ढुंगा जस्ता निर्माण सामग्रीको अत्यधिक दोहनका कारण पर्यावरणीय सन्तुलनमा गम्भीर असर परेको छ। स्थानीयवासी र किसानहरूले यसले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन्।
खासगरी जिल्ला स्थित दुधौरा,बालगंगा,लालबकैया,पसाहा जस्ता प्रमुख नदीहरूमा डोजर,ट्रिपर र लोडरहरूको प्रयोग गरी नियम विपरीत रातदिन उत्खनन भइरहेको छ। यसले गर्दा नदीको प्राकृतिक बहावमा अवरोध सिर्जना हुनुका साथै आसपासको जमिन कटान,भू–क्षय,खेतीयोग्य जमिन बगरमा परिणत हुनु जस्ता समस्या बढ्दै गएका छन्।
स्थानीय तहको मिलेमतो र ठेकेदारको मनोमानीका कारण नदीहरुमा मापदण्ड भन्दा दोब्बर वा तेब्बर उत्खनन् गरेका छन । जिल्ला समन्वय समिति (जिसस) का प्रमुख नरेन्द्र साहको नेतृत्वमा गरिएको अनुगमन टोलीले पनि स्थानीय पालिकाहरूले मापदण्डभन्दा बढी खोला उत्खनन् गराएको रिपोर्ट देखाएको छ ।
कोल्हवी नगरपालिका र निजगढ नगरपालिकाले बकैया नदी उत्खनन् गर्न टेन्डर दिएकोमा, ठेक्काको म्याद सकिन एक महिनाभन्दा बढी समय बाँकी रहँदै ३ गुणा बढी नदी उत्खनन् भइसकेको अनुगमन टोलीले उल्लेख गरिएको छ ।


