सिम्रौनगढमा छाडा कुकुरको आतंक : एकै घरका ८ खसी-बाख्रा मरे

साझेदारी डेलि
154 पाठक संख्या

सिम्रौनगढ़ । बाराको सिम्रौनगढ़मा गएराति छाडा कुकुरको आक्रमणबाट आठ वटा खसी बाख्रा मरेका छन्। सिम्रौनगढ़ नगरपालिका–६ सानो ईटवाल निवासी स्थानीय नाजिर हुसैन “भोटू” को बाख्राको खोर तोडी कुकुरले खसी बाख्रा मारेको हो।

पीडित अंसारीका अनुसार करिब २५ देखि ३० केजी तौलका दुई वटा खसी, दुई वटा बाख्रा र चार वटा पाठापाठी मर्दा अन्दाजी एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।

छाडा कुकुरको बढ्दो आतंकका कारण सर्वसाधारण त्रसित बनेका छन्। स्थानीयवासीले यस्ता कुकुरको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, साना बालबालिकालाई विशेष सतर्कताका साथ सुरक्षित राख्नसमेत आग्रह गरिएको छ।

यसअघि पनि सिम्रौनगढ़का विभिन्न स्थानमा छाडा कुकुरको आक्रमणबाट पाठापाठी मरेका घटनाहरू सार्वजनिक भइसकेका छन्। पटक–पटक यस्ता घटना दोहोरिँदा स्थानीय थप चिन्तित बनेका छन्। छाडा कुकुर व्यवस्थापनमा प्रभावकारी पहल आवश्यक रहेको स्थानीयको भनाइ छ।

Leave a review