बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण

साझेदारी दैनिक
381 पाठक संख्या

वीरगञ्ज : बारा र पर्सा जिल्लाका विद्यालयमा शैक्षिक सामग्री,हाइजेन किट,स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट,ललितपुरको आयोजनामा सो सामाग्री वितरण गरिएको हो।

बाराको चार र पर्साका दुई गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि सो सामाग्री वितरण गरिएको हो। वितरण गरिएको सामाग्रीमा शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री रहेको छ। बाराका छ र पर्साका एक गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो ।

नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३) मा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो। नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४) मा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु दिइएको हो।

नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६) २२९ जना बालबालिकाहरुको लागि शैक्ष्कि सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको हो। श्री सरस्वती माध्यमिक बिद्यालय (प्रसौनी) २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो।

श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंजमा १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु पूदान गरिएको हो। नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७) बिद्यालयलाइ ६ सेट खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको हो। नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा गा.पा–१ बिद्यालयको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।

बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रममा का.बा.वडा अध्यक्ष लालझरी देवीको अध्यक्षतामा सम्पन्न भएको हो।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार,प्रधानाध्यापक आनन्दकुमार गुप्ता,शिक्षक राजुकुमार कर्ण,वडा सदस्य हरिचन्द्र साह,मकसुद अन्सारी,शिक्षिका श्वेता सिंह,मायाकुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिवचन्द्र प्रसाद यादब,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भु चौरसियाका साथै समाजसेवी छोटेलालप्रसाद पाल समेतको उपस्थिति थियो। कार्यक्रमको ब्यवस्थापन युबा समाजसेवी लोकेश सिंह र डा. धनन्जय यादबले गरेका थिए।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट,ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको सो कार्यक्रममा उपस्थिति रहेका कबित नेपालीले जानकारी दिनुभयो।

Leave a review