डिठ्ठा लव कुमार सिंहविरुद्ध ५० हजार घुस प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर

साझेदारी डेलि
53 पाठक संख्या

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंहले अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी रोक्का रहेको जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा दुःख हैरानी दिँदै ५० हजार रुपैयाँ घुस माग गरेका थिए। सोही क्रममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो ५० हजार रुपैयाँ कायम गरी कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

Leave a review

This will close in 0 seconds