युवाहरुले गरे मन्दिरमा सरसफाई

साझेदारी दैनिक
221 पाठक संख्या

वीरगन्ज : वीरगन्ज ४ स्थित बिर्तामाइ र कृष्ण मन्दिरको सरसफाइ सम्पन्न गरीएको छ ।

वीरगन्ज युवा समाजले आयोजना गर्न लोको खर्च श्रीकृष्ण जन्माष्टमी एवं भिमसेन जात्राको अवसरमा उक्त बिर्तामाइ मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा उक्त सरसफाई गरिएको हो ।

वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सो सरसफाइ कार्यक्रममा प्रमुख अतिथिहरु वडाअध्यक्ष एवं बिर्तामाइ मन्दिर समितिका अध्यक्ष जगत साह कानु , वडासदस्य जुलुम खडकी,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ , लायन्स क्लबका समाजसेवी उमेश शर्मा,सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मिया , बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता लगायतको सहभागीता रहेको थियो ।

Leave a review