एक करोड दुई लाख बराबरको चाँदी बरामद,एक जना नियन्त्रणमा

साझेदारी दैनिक
212 पाठक संख्या

कलैया : ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराको प्रहरी टोलीले एक करोड दुई लाख बराबरको चाँदी बरामद गरेको छ।

प्रहरी बरिष्ट नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले ६० किलो चाँदी सहित एक जनालाई नियन्त्रणमा लिएको हो।

बारा जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरंगजबाट हेटौंडा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटीलाई रोकि जाँच गर्दा उक्त स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई लगि रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले चाँदी जस्तो देखिने सेतो धातु बरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले बारा कलैया उ.म.न.पा. वडा नं.५ घुसुकपुर बस्ने अं.वर्ष ३६ को कर्म साह सोनारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review

This will close in 0 seconds