पर्सामा अवैध घरेलु मदिरा भट्टी नष्ट

साझेदारी डेलि
79 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा छिपरमाई गाउँपालिका–२ टिउकी क्षेत्रमा सञ्चालनमा रहेको घरेलु मदिरा भट्टी मंगलबार नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी टिउकी र प्रहरी चौकी बूढगाईबाट खटिएको संयुक्त टोलीले भट्टी नष्ट गरेको हो।

त्यहाँ रहेको करिब ६०० लिटर कच्चा पदार्थ र २०० लिटर तयारी घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds