बारामा तीन लाख मूल्यका स्टिल जगसहित सामान बरामद

साझेदारी डेलि
81 पाठक संख्या

बारा । बारामा सशस्त्र प्रहरीले करिब तीन लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा र बि.ओ.पी. बेनौलीबाट खटिएको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा करिब रु. ३ लाख बराबर मूल्यका १९२ थान स्टिल जग, किराना सामग्री तथा अन्य विभिन्न सामानहरू रहेका छन् ।

साथै सामान ओसारपसारमा प्रयोग गरिएको एक मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी, पैदल गस्ती र चेकजाँचलाई थप कडाइका साथ सञ्चालन गर्दै आएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।

Leave a review

This will close in 0 seconds