अवैध चौंपेटा काठसहित एक जना पक्राउ

रञ्जन यादव
463 पाठक संख्या

पर्सा : पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।

डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनी रत्नपुर क्षेत्रबाट काठ बोकेर ल्याउँदै गर्दा समातिएका हुन्।

पक्राउ परेका आलमलाई हाल डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds