कोल्हवी । कोल्हबी नगरपालिकाद्वारा संचालित निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन गरिएको छ। वडा न १ मा रहेको पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा मंगलबार एक कार्यक्रमको बिच तयारी कक्षाको समापन गरिएको हो। कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीको सभापतित्व र नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सो निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षामा कोल्हबी नगरपालिकाको वडा न १ देखि वडा न ११ का जम्मा ६२ जनाको सहभागिता थियो। जि के र शिक्षा, बिश्वको भुगोल ,नेपालको इतिहास ,पाठ्यक्रम,समसमायिक ,आइ क्यु लगाएत शिक्षक सेवामा सोधिने प्रश्नहरुको नमुना सम्बन्धी दुई महिनासम्म कक्षा संचालन गरिएको थियो ।
समापन समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख रामप्रसाद चौधरीले आउदो दिनमा यस कक्षाबाट सिकेका कुराहरुलाइ सदुपयोग गर्न आग्रह गरे। उनले भविष्यमा ताजगी राखेर शिक्षक सेवा आयोगद्वारा लिने परीक्षामा उतिर्ण भै यस पलिकाको नाम राख्न सबै बिद्यार्थीहरुलाइ आग्रह गरे। निशुल्क कक्षामा अध्यनरत सम्पुर्ण बिद्यार्थीहरुलाइ नगरपालिकाले शिक्षक सेवा आयोगको पाठयपुस्तक समेत उक्त अवसरमा वितरण गरिएको छ।
उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठ,कोल्हवी नगरपालिका वडा न. ४ का अध्यक्ष बिष्णुप्रसाद मैनाली र बिद्यार्थीको तर्फबाट शैलेन्द्र पासवान र बिनिताकुमारी चौधरीले मन्तव्य व्यक्त गरे। लोकनाथ ओलिले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोल्हवी नगरपालिका वडा न. २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारीको थियो।


