जीतपुरसिमरा उपमहानगरपालिकाम ५१ जना प्रहरी सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 413 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज ५१ जना प्रहरी सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   संक्रमण पुष्टि हुनेमा ईलाका प्रहरी कार्यालय सिमराका १९ जना प्रहरी ,सशस्त्र प्रहरी कार्यालय पथलैयाका २९ जना सशस्त्र , श्री नं.२८ बाहिणी गण जीतपुरका तीन जना ,ईलाका प्रहरी कार्यालय सिमराका ४ जना थुनुवा कैदीबन्दी र कन्टयाक्ट ट्रेसिङगका ११ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको कोरोना फोकल पर्सन जितन ठाकुरले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङगहरुमा गरिएको कोरोना परिक्षणमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ का एक जना ,वडा नं.११ का ४ जना ,वडा नं.१२ को एक जना र वडा नं.१४ का एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।कोरोना बिशेष अस्थाई अस्पताल सिमरामा भाद्र १८ गते १ सय ४५ जनाको स्वाब सङकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा परिक्षणकोलागि पठाईएको थियो । जसमा ६६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने आँठ जना पुरानै कोरोना संक्रमितको रिपोर्ट पोजेटिभ आएको कोरोना अस्पताल सिमराका डा.मञ्जु रोयले बताउँनुभयो । यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कुल कोरोना संक्रमितको सङख्या २ सय ३६ जना पुगेको छ ।त्यस्तै नारायणाी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा बाराको भएको स्बाब परिक्षणमा महागढीमाई नगरपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना पुष्टि हुनेमा महागढीमाई नगरपालिकाको वडा नं.४ का ४० र २३ बर्षिय पुरुष रहेको जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताउँनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review