बारामा बिलबिजक नभएको आँपसहित पिकअप प्रहरीको नियन्त्रणमा

साझेदारी डेलि
295 पाठक संख्या

कलैया । बारा प्रहरीले बिलविजक नभएको आँपसहित एक पिकअपलाई बुधबार नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ् टोलीले आँपसहित पिकअपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका
छन्।

प्रहरी टोलिले सिरहाबाट हेटौडा तर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७८४ नम्बरको पिकअप गाडीलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंजमा प्रहरीले जाँच गरेको हो। प्रहरीले जाँच गर्दा बिलबिजक तथा वनस्पति क्वरेन्टाईन नभएको आँप १०६ क्यारेट २६५० किलोग्राम अन्दाजी मुल्य रु. २ लाख ६५ हजार र पिकअपको अन्दाजी मुल्य रु. १७ लाख गरी जम्मा अन्दाजी मुल्य रु. १९ लाख ६५ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पिकअप चालक बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ बस्ने २६ वर्षीय विवेक लोप्चनलाई नियन्त्रणमा लिएको छ। आँपसहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सा वीरगंजमा पठाईएको घलेले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds