Sajhedari Daily
Latest News from Nepal

नगरप्रमुख यादव र उप्रमुख खातुनद्धारा विभिन्न वडाहरुको अवलोकन,जनतासंग प्रत्यक्ष सरोकार राख्ने योजनालाई प्राथमिकता दिने प्रतिवद्धता

Top Aside Banner

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले विभिन्न वडाहरुको अवलोकन तथा निरिक्षण कार्यलाई तीव्रता दिएका छन ।

नगरप्रमुखले केही दिनदेखी वडाहरुको अवलोकन तथा निरिक्षण गर्ने र वडावासीहरुसंग समस्याका वारेमा छलफल गर्ने कार्यलाई निरन्तरता दिएका छन ।

नगरप्रमुख यादवले बुधवार पनि वडा नं.९ स्थित रामपुरको अवलोकन तथा निरिक्षण गरेका छन । सो अवसरमा नगरप्रमुख यादवले वडावासीहरुसंग प्रत्यक्ष भेटघाट तथा छलफल समेत गरेका छन ।

सो अवसरमा नगर प्रमुख यादवले पानिको निकास, सडक, नाला निर्माण लगायतका समस्याहरुलाई प्राथमिकतामा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन ।

अवलोकनमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डा. अख्तर आलम, नेपाली काँग्रेसका नगर सभापति पुरुषोतम पाण्डे, तरुण दलका जिल्ला अध्यक्ष लोकेश सिंह, भोला मिया नाजिर मिया अन्सारी गरि ३७ जनाको उपस्थिती रहेको थियो।

यता कलैया उपमहानगरपालिका वडा नं.१५ स्थित खामवामा उप्रमुख रहिमा खातुनले अवलोकन तथा निरिक्षण गरेकी छिन ।
उपप्रमुख खातुनले अमवाका समुदायबासिहरुसगं अनुगमन र अवलोकन गरेर त्यहाँ रहेको वाटो, नाला , धर्मशाला , स्कूलको दुई कोठे भवन तथा वाल कम्पाउन्ड , मदरसाको लागि १ कोठे भवन तथा व्रमस्थानको वाल कम्पाउन्ड जस्ता समस्या रह्र्कोले यहि आर्थिक वर्षको बजेटबाट निर्माण कार्य सम्पन्न गराउने प्रतिवद्धता जाहेर गरेकी थिइन्।

सो अवलोकन निरीक्षणमा कलैया उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष भोरिक प्रसाद यादव लगायत स्थानिय भद्रभलादमीहरु सहभागिता रहेको थियो ।