मधेशका शैक्षिक परामर्श संस्थाहरूको साझा छाता संगठन गठन

साझेदारी डेलि
87 पाठक संख्या

रौतहट । मधेश प्रदेशका शैक्षिक परामर्श संस्थाहरूलाई एउटै मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित ‘मधेश शैक्षिक परामर्श संघ नेपाल’ गठन गरिएको छ। चन्द्रनिगाहपुरमा शनिबार सम्पन्न भेलाले गणेश थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा सिमा उप्रेती, सचिवमा ओमकिशोर चौधरी तथा कोषाध्यक्षमा झरना योञ्जन चयन भएका छन्। सदस्यहरूमा रामहरि श्रेष्ठ, रेखा गुप्ता, राजु चौलागाई, सुमित भण्डारी, टिका जंग थापा, प्रेम पाण्डे र चिरन्जीवी खनाल रहेका छन्।

नवगठित संघले शैक्षिक परामर्श क्षेत्रको हकहित संरक्षण, व्यवसायिक मर्यादा कायम, नीतिगत सुधार तथा संस्थागत समस्याको समाधानका लागि काम गर्ने जनाएको छ।

संघका अध्यक्ष गणेश थापाले शैक्षिक परामर्श संस्थाहरूले भोग्दै आएका प्रशासनिक तथा नीतिगत समस्याको समाधानका लागि प्रदेश सरकारसँग प्रभावकारी संवाद र समन्वय गरिने बताए। साथै, माग सम्बोधन नभए दबाबमूलक कार्यक्रम सञ्चालन गर्न ‘मधेश शैक्षिक परामर्श संघर्ष समिति’ समेत गठन गरिएको उनले जानकारी दिए।

संघले मधेश प्रदेशका सम्पूर्ण शैक्षिक परामर्श संस्थाहरूलाई साझा हितका लागि एकताबद्ध हुन आह्वान गरेको छ।

Leave a review

This will close in 0 seconds