एक लाख चौहत्तरी हजार बराबरको सामान सहित पिकअप प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
357 पाठक संख्या

बारा प्रहरीले एक लाख ७४ बराबरको सामान सहित पिकअपलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सोमबार विभिन्न स्थानमा गाडीहरुलाई रोकी चेक गर्ने क्रममा पिकअपलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले बाराको परवानीपुर गाँउपालिका वडा नं.५ गण्डक चोकमा कलैयाबाट वीरगञ्जतर्फ जादै गरेको म.प्र. ०३–००१ च ७०९८ नं.को पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो पिकअपबाट एक लाख ५० हजार रुपैयाँ बराबरको प्याज प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र. ०३–००१ ख २९६१ नं.को यात्रुवाहक बसमा भन्सार छलीका प्याज २ सय के.जी. बिल भर्पाई नभएको तथा स्रोत खुलाउन नसकेको गम्छा मुख पुछने टावेल–१ सय २० पिस प्रहरीले बरामद गरेको छ ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी एक लाख ७४ हजार चार सय रूपैयाँ बराबरको सामान रहेको बाराका प्रवक्ता दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

सामान सहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds