राजमार्ग सुरक्षा सुदृढ बनाउन डीआईजी अधिकारीको जोड

साझेदारी डेलि
86 पाठक संख्या

बारा । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले बुधबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेका छन् । बारा र पर्सास्थित जिल्ला प्रहरी कार्यालय, वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको निरीक्षणपछि डीआईजी अधिकारी ट्राफिकको प्रादेशिक कार्यालय आएका हुन् ।

डीआईजी अधिकारीलाई कार्यालयका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले स्वागत गरेका थिए । निरीक्षणका क्रममा डीआईजी अधिकारीले प्रशासनिक शाखा, अभिलेख व्यवस्थापन, ड्युटी परिचालन, उपलब्ध स्रोत–साधनको अवस्था तथा समग्र कार्यसम्पादनको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

कार्यालयका अधिकृतले डीआईजी अधिकारीलाई संगठनात्मक संरचना, जनशक्ति परिचालन, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारीसाधन चेकजाँच, सेवा प्रवाह, चुनौती तथा भावी कार्ययोजनासम्बन्धी ब्रिफिङ गरेका थिए ।

सो क्रममा डीआईजी अधिकारीले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष सक्रियता अपनाउन निर्देशन दिएका छन् ।

Leave a review

This will close in 0 seconds